• चैत्र ६, २०८१ बुधबार
    19 Mar, 2025, Wednesday

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने


    २०८१ कार्तिक ७, बुधबार
    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने

    २०८१ कार्तिक ७, बुधबार

    काठमाण्डौं, ०७ कात्तिक । डा.‍ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो।

    पार्टी प्रवक्ता कृष्ण पौडेलले पार्टीको नाम र झण्डसमेत परिवर्तन भएको जानकारी दिनुभयो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति बनाइएको पौडेलले जानकारी दिनुभयो ।

    “विधान अधिवेशनले सर्वसम्मत रुपमा पार्टीको नाम र झण्डा परिवर्तनसहित महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ,” प्रवक्ता पौडेलले भन्नुभयो।झन्डा र चुनाव चिन्ह दुवै आँखा राखिएको छ।नेसपाको महाधिवेशनमा सबै तहमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदानबाट नेतृत्व चुन्ने भएका छन्।

    बाबुरामले फेरि सम्झिए नयाँ शक्ति – Online Khabar

    अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ सदस्यीय हुने तय गरेको छ।११ सदस्यीय पदाधिकारीमा अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन सचिव र कोषाध्यक्ष हुने छन्।पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने व्यवस्था भएको छ।

    नेसपाका सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था गरिएको छ।मङ्गलबारै विधान अधिवेशनको आयव्यय पनि सार्वजनिक भएको छ।आय सात लाख ५० हजार र व्यय नौ लाख ७७ हजार भएको जनाइएको छ।अधिवेशनमा ७१ जिल्ला र विदेशका छ देशबाट पाँच सय प्रतिनिधि सहभागी थिए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर