• असार २८, २०८२ शनिबार
    12 Jul, 2025, Saturday

    चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माकाे आग्रह


    २०८१ असोज २६, शनिबार
    चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माकाे आग्रह

    २०८१ असोज २६, शनिबार

    काठमाडौँ, २६ असोजः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ ।

    दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उहाँले हालै प्राकृतिक विपद्का कारणले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो समयमा शान्त, संयम र सामान्यसँग पर्व मनाउन अनुरोध गर्नुभएको हो ।

    “एकातिर प्राकृतिक विपद्को पीडा र अर्कोतर्फ सांस्कृतिक पर्वहरुको आगमन, भर्खरै हामीले बाढी र पहिरोमा दुई सयभन्दा बढी आफन्त गुमाएका छौँ । यस्तो समयमा चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ । शान्त, संयम र सामान्यसँग मनाऔँ”, उहाँले भन्नुभएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर