• असोज १७, २०८१ बिहिबार
    03 Oct, 2024, Thursday

    उद्धार र राहत कार्यमा सिङ्गो पार्टी पङ्क्ति परिचालन गर्ने एमालेको निर्णय


    २०८१ असोज १३, आइतबार

    २०८१ असोज १३, आइतबार

    काठमाडौँ ।नेकपा एमालेले अविरल वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट पीडित बनेका नागरिकलाई उद्धार, राहत र घाइतेको उपचारमा सघाउन सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

    एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी ३ दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने, विस्थापित बनेका, घाइते भएकाहरूलाई राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रिय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

    यसैगरी बैठकले सबैभन्दा धेरै बाढीपहिरो पीडित स्थल धादिङ, काभ्रे, मकवानपुर र सिन्धुलीमा राहत तथा उद्धारमा खटिने तथा विस्थापित, घाइते र मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसँग समन्वय गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर