• असोज ३, २०८१ बिहिबार
    19 Sep, 2024, Thursday

    सबै पर्वको आदर र सम्मान गर्ने हाम्रो परम्परा होः सभापति देउवा


    २०८१ भाद्र ४, मंगलबार

    २०८१ भाद्र ४, मंगलबार

    काठमाडौँ, ४ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

    गाईजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभयो ।

    “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । नेपालीहरुको मौलिक सांस्कृतिक पर्व गाईजात्रा पर्व पनि महत्वपूर्ण पर्व हो”, शुभकामना सन्देशमा उल्लेख छ ।

    सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताउनुभएको छ ।सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरुलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने उहाँले उल्लेख गर्नुभएको छ ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर