• असार ३०, २०८१ शनिबार
    13 Jul, 2024, Saturday

    एमालेको जम्बो टोली चीन जादैं


    २०८१ असार १२, मंगलबार

    २०८१ असार १२, मंगलबार

    काठमाडौंः नेकपा एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरु त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

    भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतमगायत रहेको एमालेले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर