• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एमाले मकवानपुर अध्यक्षमा पोखरेल, सचिवमा बिष्ट बिजयी


    २०८१ जेठ २१, सोमबार

    २०८१ जेठ २१, सोमबार

    काठमाण्डौंः नेकपा (एमाले) मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल विजयी हुनु भएको छ । उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी इन्द्रमान स्याङतानलाई ५१ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो ।

    विजयी पोखरेलले ३१३ र पराजित हुनु भएका स्याङतानले २६२ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका अर्का उम्मेदवार लालबहादुर थापाले १६६ र देवराज रिमालले ११ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।

    त्यस्तै उपाध्यक्षमा हिदम लामा २७९ मतान्तरले विजयी हुनु भएको छ । विजयी लामाले ४७६ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानले १९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षकै उम्मेदवार भरत दुलालले ८० र धुब्र चौलागाईले ३६ मत प्राप्त गर्नुभयो ।

    सचिवमा सिता बिष्ट २९७ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी मदन दाहालले २५५ मत प्राप्त गरेर पराजित हुनुभयो । सचिवकै अर्का उम्मेदवार राजन थापाले १७१ मत प्राप्त गर्नुभयो ।

    उपसचिव (खुलातर्फ) फुर्वा लामा २४१ मत पाएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिपक खड्काले १६२ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवकै उम्मेदवार इन्द्र नेपालले १२९, खेम जर्गा मगरले १०० र कृष्ण प्रसाद चौलागाईंले ८६ मत प्राप्त गर्नु भएको छ ।

    उपसचिव (महिला) मा आरती पाठक २४१ मत पाएर विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी पार्वती रानाले १७२, कल्पना बलामीले १५६ र जुना दाहालले १५२ मत पाउनु भएको छ ।

    एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि १२औँ अधिवेशन अन्तरगत आइतबार हिजो निर्वाचन भएको थियो । कुल ७७७ प्रतिनिधि मध्ये निर्वाचनमा ७६५ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर