• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एमाले चितवनको अध्यक्षमा पाठक


    २०८१ जेठ १६, बुधबार

    २०८१ जेठ १६, बुधबार

    भरतपुर (चितवन) । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भए । प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो ।

    अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जन वर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनीत २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर