• वैशाख २१, २०८१ शुक्रबार
    03 May, 2024, Friday

    साझा गठबन्धन एमालेका लागि निक्कै चुनौतीपूर्ण छ : अध्यक्ष ओली


    २०८१ वैशाख ८, शनिबार

    २०८१ वैशाख ८, शनिबार

    काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर रहेको बताएका छन् ।

    शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूण र कष्टकर रछहेको बताए । पार्टी विभाजन, पार्टीलाई सकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको ओलीले स्पष्ट पारेका छन् ।

    ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ’, ओलीले भने । अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मक रूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गरे । यद्यपि आज पनि पार्टी र देशका सामुन्ने चुनौती रहेका ओलीले बताए ।

    निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको उनले प्रष्ट पारेका छन् ।

    प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साँढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभार पूरा गर्न आगामी दिनमा गर्नुपर्ने काम बारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गरे ।

    पार्टीको दशौँ महाधिवेशन अराजकता र अवसरवाद माथिको संगठनात्मक विजयको महाधिवेशन भएको पनि उनले बताए । दशौँ महाधिवेशन संगठनात्मक अराजकताका विरुद्धको विजयको महाधिवेशन भएको उहाँले टिप्पणी गरे । विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको उनले बताए ।

    नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक नीति र विधिको बारेमा मात्र छलफल गर्न विधान अधिवेशन आयोजना गरिएको उहाँले स्मरण गराए । त्यसले पार्टी पङ्तीको मनोबललाई उच्च गराउने काम गरेको ओलीको धारणा छ । नीति र नेतृत्वको छलफल एकै पटक गर्दा नीति माथि छलफल नै नहुने अनुभवबाट पाठ सिकेर एमालले विधान महाधिवेशन गरेको ओलीले बताए । महाधिवेशनले जनताको बहुदलीय जनवादका आवश्यकता, महत्त्व र औचित्यलाई पुनपुष्टि गरेको उहाँको धारणा छ ।

    अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार तयार गर्नुमा रहेको एमालेको महाधिवेशनले निष्कर्ष निकालेको उहाँले बताए । त्यसलाई अर्को शब्दमा समृद्ध नेपाल सुखी नेपाली भन्न सकिने उनले स्पष्ट पारे। आफैँमा उच्च लोकतान्त्रिक चरित्र भएको पार्टीले मात्र समाजमा लोकतन्त्र स्थापना र विकास गर्न सक्छ भन्ने स्पष्ट धारणा नेकपा एमालेको रहेको उनले बताए । ‘नेकपा एमाले नेपाली समाजमा लोकतन्त्र स्थापनाका लागि बलिदानी संघर्ष र सही नेतृत्व गर्ने पार्टी हो, नेकपा एमाले आन्तरिक पार्टी जीवनमा लोकतान्त्रिकणको मानक निर्माण गर्ने पार्टी हो’, ओलीले भने।

    ओलीले नेकपा एमाले निक्कै अप्ठेरो परिस्थितिबाट गुज्रिएर आएको बताए। सबै खालका घेराबन्दी चिरेर एमाले अघि बढेको बताए। ‘पार्टीले आफ्नो सबैभन्दा अप्ठेरो कालखण्ड कुलापूर्वक पार गरेको छ, हाम्रो पार्टी प्रति हामीले गर्व गर्नुपर्छ, जटिलतम भन्दा जटिलतम अवस्था पार गरेर आज हामी यहाँ आइपुगेका छौँ, आज पार्टी घेराबन्दी, षडयन्त्र र आक्रमणको चक्रब्युहलाई चिर्दै धुलो टकटक्याएर माथि उठेको छ’, ओलीले भने ।

    पार्टी बचाउने उद्देश्यले विगतमा ठुला पार्टी संगठन बनाइएको ओलीले बताए । त्यी कमिटीलाई पार्टी बनाउने कमिटीका रूपमा परिणत गर्न पार्टीका प्रदेश अधिवेशन सम्पन्न भएका र जिल्ला, पालिका र वडामा समय अगावै अधिवेशनको अभियान अहिले चलिरहेको उनले स्पष्ट पारे । पार्टीलाई मजबुत बनाउने अब पार्टीको आधारभूत कोर्स पूरा नगरेको मान्छे पार्टी कमिटी र सार्वजनिक पदमा उम्मेदवार बन्न नसक्ने उनले बताए । पार्टीमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई रत्तीभर अघि बढ्न नदिने उनले स्पष्ट पारे। निष्ठावान् र एकताबद्ध पार्टी आजको आवश्यकता रहेको ओलीले बताए ।
    संगठनको स्तर र क्षमता वृद्धिमा विशेष ध्यान दिनु पर्नेमा उनले जोड दिए । पार्टीको जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने ओलीले बताए।एमाले मजबुत भएकोमा जनविरोधी शक्तिलाई छटपटी चलेको ओलीले बताए। एमाले विरुद्ध मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्ने प्रयास भइरहेको प्रति उनले सचेत गराए ।

    समाजमा बढेको निराशामा टेकेर दक्षिणपन्थी र लोकवादी मिठा कुरा गर्ने शक्तिले नागरिकलाई प्रयोग गर्न सक्ने उनले बताए । उनीहरूले यस्ता कुरालाई उजागर गर्न सक्ने भए पनि उनीहरूले निकास दिन नसक्ने उनले बताए। यसको लागि सही बिचार र दृष्टिकोण आवश्यक पर्ने ओलीले स्पष्ट पारे । लोकतन्त्रको विकल्प निरङ्कुश र सामन्तवादी शक्ति हुनै नसक्ने उनले बताए ।

    ओलीले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुटले पार्टीको आन्तरिक समस्या पत्ता लगाउन सहयोग गरेको बताए। त्यस्तै एमाले सञ्चालन गरेको समृद्धिका लागि संकल्प अभियानले लोकतन्त्र प्रतिको आस्थालाई अझ प्रगाढ बनाएको उनले स्पष्ट पारे । यसले पार्टी, नेता र जनता बिचको सम्बन्धलाई थप घनिष्ठ बनाएको टिप्पणी गरे । सो यात्राले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने षडयन्त्रलाई निष्क्रिय पारिदिएको उनले स्पष्ट पारे ।

    पहाडी गाउँ रित्तिँदै जानु प्रमुख चुनौती रहेको उनले बताए। नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने प्रायोजित भाष्य र भ्रमपूर्ण प्रचारले युवा विदेश पलायन बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । यसको लागि युवालाई देशमा नै गर्न सकिन्छ भन्ने धारणा विकास गराउन आवश्यक रहेको ओलीको भनाइ छ । ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना समारोह एमालेले भव्यताका साथ मनाउने जानकारी दिए । प्रतिनिधि परिषद् बैठक सकिने बित्तिकै सो कार्यक्रम आयोजना हुने उहाँले जानकारी दिए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर