• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    उपनिर्वाचनमा उम्मेदवार छान्न रास्वपाले सार्बजनिक गर्यो तालिका


    २०८० चैत्र ७, बुधबार

    २०८० चैत्र ७, बुधबार

    काठमाण्डौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि चैत ६ देखि १४ गतेसम्म आवेदन दिन भनिएको छ । त्यसपछि प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत १४ गते साँझ ८ बजे प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ ।

    प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय चैत १५ गते दिउँसो १ बजेसम्म तोकिएको छ । पार्टीले चैत १६ मा उम्मेदवार टुंगो लगाएर चैत १७ मा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।

    प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यहरूले मतदान गर्नेछन् । उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत् हुने बताइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर