• वैशाख १६, २०८१ आइतबार
    28 Apr, 2024, Sunday

    आफ्नै अन्तरविरोध र समस्याले कुनैपनि बेला गठबन्धन टुट्न सक्छ : उपाध्यक्ष पौडेल


    २०८० फागुण २०, आइतबार

    २०८० फागुण २०, आइतबार

    काठमाण्डौंः नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।

    आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे ।

    गठबन्धन भित्रको तमासा आफूहरुले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबधन आफैं भित्रका समस्या र अन्तरविरोधहरुले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’तर,उनले गठबधन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे ।

    सत्ता गठबधन फुटिहाले एमालेले काँध थाप्छकि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुनरुपमा अगाडि बढ्छ हेरौं न,’ पौडेलले भने ।

    पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगती र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर