• वैशाख २२, २०८१ शनिबार
    04 May, 2024, Saturday

    एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल


    २०८० माघ २०, शनिबार

    २०८० माघ २०, शनिबार

    देउखुरी (दाङ) १९ माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राख्नुभएको छ ।

    दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उहाँले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताउनुभयो । एकीकृत समाजवादी पार्टी सधै जनताको पक्षमा रहेको बताउँदै उहाँले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गर्नुभयो । उहाँले समाजबादी जागरण अभियानले समाजमा भावनात्मक सम्वन्ध कायम गर्ने बताउनुभयो ।

    पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताउनुभयो । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उहाँको भनाइ थियो ।रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर