• जेठ ७, २०८१ सोमबार
    20 May, 2024, Monday

    एकिकृत समाजबादीको राष्ट्रिय परिषद बैठक आजबाट, विधानमाथि छलफल हुने


    २०८० माघ १४, आइतबार

    २०८० माघ १४, आइतबार

    काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट सुरु हुँदैछ ।

    कमलादीस्थित प्रज्ञा भवनमा अहिले बिहान ११ः३० बजेबाट सुरु हुने सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने जनाइएको छ ।

    सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहदै पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना बनाईनेछ । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

    सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ । सम्मेलनले पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट तय गर्ने जनाइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर