• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    जनताको समस्या समाधान गर्न सरकार दृढ: नेता शर्मा


    २०८० कार्तिक १५, बुधबार

    २०८० कार्तिक १५, बुधबार

    काठमाण्डौः नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनताको वास्तविक समस्या समाधान गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।

    बुधबार कीर्तिपुर मानटोल निवासी दया महर्जनको श्रद्धाञ्जली कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । वर्तमान सरकार जनताको घरमा गएर समस्या बुझेर समाधान गर्ने दिशामा रहेको उहाँले प्रष्ट पार्नुभयो । सरकार राम्रो काम गरे पनि वास्तविक रुपमा जनताको पिरमर्का र समस्यामा साथ दिन सकेमात्र त्यसको औचित्य पुष्टि हुने उहाँको भनाइ छ ।

    कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य सूर्य सुवेदीले जनताको सामाजिक न्यायको लागि आफूहरु रहेको बताउनुहुँदै माओवादी अभियानमा जनताले साथ दिन सुरु गरेको बताउनुभयो ।

    उहाँले कात्तिक २५ गते नेपाल सम्बतको नयाँ वर्षको उपलक्ष्यमा देशबासीको नाममा विशेष सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर आउने जानकारी दिनुभयो । गोरखापत्र

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर