• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सरकारले चाडवाडको बेलामा पनि नागरिकलाई पीडा दियोः पशुपति शमशेर जबरा


    २०८० कार्तिक ४, शनिबार

    २०८० कार्तिक ४, शनिबार

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् ।

    चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं, तिहार र छठ पर्वमा पनि नागरिकलाई पीडा दिएको टिप्पणी गरेका हुन् ।

    ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। तर सन्दर्भ गतिलो छैन। नेपालको जनतालाई अहिले ठूलो दुःख र पीडा भइरहेको छ । अहिले भाउ व्यापक बढेको छ। अर्थतन्त्र गिरेको छ। भुईं छोला जस्तो भइसक्यो। यो अवस्थामा सरकार के हेरेर बसेको छ ?’ उनले प्रश्न गरे ।

    दशैँ, तिहार र छठ पर्वको बेलामा अविलम्व नेपाली जनताप्रति सजग र सचेत हुन उनले आग्रह गरे। उनले नजिकिँदै गरेको वडादसैं, शुभ दिपावली र छठ पर्व लगायतको चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरे ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर