• असार ३०, २०८१ शनिबार
    13 Jul, 2024, Saturday

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने


    २०८० असोज २९, सोमबार

    २०८० असोज २९, सोमबार

    काठमाण्डौंः नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आउँदो बुधबार प्रदेश सभामा उनले राख्ने विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

    सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, यसअघि पार्टी केन्द्रीय कमिटीको सहमति लिने निर्णय गरेको छ ।

    गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर