• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ‘सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो’ : माधव नेपाल


    २०८० असोज १९, शुक्रबार

    २०८० असोज १९, शुक्रबार

    काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

    पार्टीको मेची–काली अभियानअन्तर्गत आज हेटौँडामा आयोजित जनसभामा अध्यक्ष नेपालले नागरिकका समस्या समाधान गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्रमुख कार्ययोजनाका रूपमा पार्टीले अघि बढाएको बताउनुभयो । उहाँले नागरिकमाझ आफ्ना नीति तथा ‘एजेण्डा’ स्थापित गर्दै देश विकासका निम्ति सबैसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

    अध्यक्ष नेपालले नागरिकका समस्या समाधानको प्रयास पार्टीले सधैँ गर्ने बताउँदै कृषि र पर्यटनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । सरकारले गरेका कामबारे जानकारी गराउन र पार्टीलाई आम नागरिकहरुसँग जोड्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

    पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । विद्रोहबाट जन्मिएको एकीकृृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि नागरिक केन्द्रित गर्नुपर्छ भन्नुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर