• कार्तिक २७, २०८१ मंगलबार
    12 Nov, 2024, Tuesday

    देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने


    २०८० भाद्र ३०, शनिबार
    देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : रवि लामिछाने

    २०८० भाद्र ३०, शनिबार

    काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

    “हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ”, सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।

    देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए । सभापति लामिछानेले पद पाउनका लागि मात्र आउनेलाई पार्टीले स्वीकार नगर्ने बताए। रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर