• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    सङ्घीयताको सफल कार्यान्वयन नभए खारेज हुन्छ : झलनाथ खनाल


    २०८० भाद्र २७, बुधबार

    २०८० भाद्र २७, बुधबार

    काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रयोग सफल हुन नसके देशबाट सङ्घीयता खारेज हुन सक्ने बताएका छन्।

    जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले सङ्घीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेज पनि हुन सक्ने आशङ्का व्यक्त गरेका हुन् , उनले सङ्घीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

    सङ्घीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि सङ्घीयता टिक्न नसक्ने बताए। सरकारकै घटक दल नेपाली काँग्रेस समाजवादी मोर्चालाई लिएर सशङ्कित रहेको समयमा उनले मोर्चाले सरकारलाई कुनै असर नगर्ने दाबी गरे।

    यसका साथै सम्पूर्ण वामपन्थी शक्ति मोर्चामा आबद्ध हुन सक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर