• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    काँग्रेसमाथि चौतर्फी आक्रमण भयो, अब एक ढिक्का हुनुपर्छ : डा. शेखर कोइराला


    २०८० भाद्र १५, शुक्रबार

    २०८० भाद्र १५, शुक्रबार

    काठमाण्डौंः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काँग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

    आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । डा. कोइरालाले भने, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब काँग्रेस एक ढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उनले तनहुँ काँग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए ।

    डा. कोइरालाले भने, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठिक देखिँदैन, यसको समाधानका लागि जबसम्म काँग्रेसको नेतृत्व हुँदैन तबसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताए ।

    तनहुँमा काँग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा. कोइरालाले सुझाव दिए।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर