• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


    २०८० श्रावण २१, आइतबार

    २०८० श्रावण २१, आइतबार

    काठमाडौंः सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो ।

    स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने छ । शनिबार करिब १८ जनाले आफ्ना कुरा राखेको बताइएको छ ।

    आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने छ ।

    शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर