• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    प्रधानमन्त्रीलाई परेको चोट हामी अनुमान गर्न सक्छौँ : मिनेन्द्र रिजाल


    २०८० असार २७, बुधबार

    २०८० असार २७, बुधबार

    काठमाडौंः नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

    पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उनको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताएका छन् ।

    उनले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरे। नेता रिजालले भने, “स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री थिइन्। अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उनका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।”

    उनले स्व. दाहालको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताए। प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दुखदप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस भनी कामना गरे । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर