• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    ‘समस्या समाधानका लागि सत्ता पक्षसँग वार्ता गर्न तयार’ – अध्यक्ष ओली


    २०८० असार २२, शुक्रबार

    २०८० असार २२, शुक्रबार

    काठमाडौँः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताउनुभएको छ ।

    अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १० औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उहाँले सत्ता पक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताउनुभयो

    “सत्तापक्षले संसद्मा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उहाँले भन्नुभयो ।

    ललिता निवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

    अध्यक्ष ओलीले लोकतन्त्रका नाममा अराजक, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताउनुभयो ।

    अनेरास्ववियुका अध्यक्ष समिक बडालले मुलुकको ठूलो राजनीतिक परिवर्तनमा विद्यार्थी भूमिका महत्त्वपूर्ण रहेको भन्दै विद्यार्थी शैक्षिक आन्दोलनमा मात्र नभएर मुलुकको परिवर्तनका लागि अघि बढ्ने बताउनुभयो । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर