• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै


    २०८० असार १३, बुधबार

    २०८० असार १३, बुधबार

    काठमाडौंः कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा आज निर्णय लिँदै छन् ।

    जनता समाजवादी पार्टी (जसपा) नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले आज बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न सघाउने कि नसघाउने विषयमा निर्णय लिन लागेको छ ।

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

    आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० ( बजेट )पास गर्ने तयारी छ ।

    गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

    सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा सोचेअनुसारको योजना र बजेट नपरेको तथा राजस्व संकलनको लक्ष्य तथा आवश्यकता बीच तालमेल नमिलेको भन्दै बजेट सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर