• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कोशीमा तटस्थ बस्ने जसपाको निर्णय, एमाले नेतृत्वको सरकार ढाल्ने प्रतिपक्षको तयारी


    २०८० असार १४, बिहिबार

    २०८० असार १४, बिहिबार

    काठमाण्डौं: जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ ।

    आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने भएका छन् । यसैबीच जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले आफूहरूले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने बताएका हुन् ।

    पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।

    एमालेको ४० र राप्रपाको ६ गरी मुख्यमन्त्री कार्कीसँग ४६ सांसदको समर्थन छ। जसपाले समर्थन गर्ने एमालेको अपेक्षा थियो । तर, जसपाले आफू तटस्थ बस्ने निर्णय निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार ढल्ने पक्कापक्की नै भएको छ । यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर