• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    पार्टी प्रशिक्षण दिदैं हिड्ने गुरागाँईले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


    २०७८ मंसिर १५, बुधबार

    २०७८ मंसिर १५, बुधबार

    काठमाण्डौंः नेपाली काँग्रेसका युवा नेता प्रमोदहरी गुरागाँईले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

    नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका गुरागाँईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनले काँग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका छन् ।

    विद्यार्थी राजनिति जीवनमा तीन पटक केन्द्रीय सदस्य तथा एक पटक उपाध्यक्ष गरी ४ कार्यकालको अनुभव गरिसकेका बौद्धिक नेता गुराँगाइले आगामी महाधिवेशनबाट केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको बताए ।

    देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ गुरागाँइले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेद्वारी मेरो लागि अवसर हो ।’

    केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी हेटौडा र संघिय राजधानी काठमाडौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए ।

    काँग्रेस पार्टीको केन्द्रीय नीती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य भई देशैभरी पार्टीले आयोजना गरेको पार्टी प्रशिक्षण प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका उनी १४ औँ महाधिवेशनका लागी काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ७ बाट समेत अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर