• असोज ३०, २०८२ बिहिबार
    16 Oct, 2025, Thursday

    कमलादीको हामा स्टिलमा भीषण आगलागी, सेना र स्थानीयको सहयोगमा नियन्त्रण


    २०८२ असार १०, मंगलबार

    २०८२ असार १०, मंगलबार

    काठमाडौं, असार १० गते । काठमाडौं महानगरपालिका–१, कमलादीस्थित हामा स्टिल प्रालिमा मंगलबार बिहान भीषण आगलागी भएको छ।

    May be an image of 2 peopleआगो नियन्त्रणमा ल्याउन नेपाल सेनाको नरसिंहदल गणबाट खटिएको अग्नि नियन्त्रण टोली, काठमाडौं महानगरपालिकाको दमकलसहितको टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीहरूको संयुक्त प्रयास महत्वपूर्ण रहेको थियो।

    May be an image of 2 people and textआगलागी बिहान करिब ६ बजे सुरु भएको जनाइएको छ। सुरक्षाकर्मीहरूको तत्काल परिचालन, दमकलको समयमै आगलागी स्थलमा उपस्थित र स्थानीयको सक्रिय सहयोगका कारण आगो अझै फैलिन नपाई नियन्त्रणमा लिन सकिएको हो।

    आगलागीको कारण प्रारम्भिक अनुमानमा विद्युत् सर्ट हुनसक्ने बताइएको छ, यद्यपि विस्तृत कारण खुल्न बाँकी छ।

    घटनास्थलमा थप क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ। हालसम्म मानवीय क्षतिको कुनै जानकारी छैन।

    काठमाडौं महानगरपालिकाका अनुसार औद्योगिक क्षेत्रमा नियमित सुरक्षा पूर्वतयारी, तालिम र उपकरणको अवस्थाबारे पुनरावलोकन गर्नुपर्ने देखिएको छ।

    The post कमलादीको हामा स्टिलमा भीषण आगलागी, सेना र स्थानीयको सहयोगमा नियन्त्रण appeared first on हरियाली नेपाल.

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर