• बैसाख ८, २०८२ सोमबार
    21 Apr, 2025, Monday

    डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी


    २०८१ चैत्र २७, बुधबार
    डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

    २०८१ चैत्र २७, बुधबार

    दिपायल (डोटी), २७ चैतः स्वतन्त्र विद्यार्थी युनियनको आज भएको निर्वाचनमा डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।

    जोरायल गाउँपालिका–४ मा रहेको श्री घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिनुुभयो । उहाँका अनुसार अध्यक्षमा शुरत बोहरा ६९ मत, सचिव दीपक साउदले ६५ मत र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा शर्मिला विक ६६, रेखाशाहु ६५, धनाकुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गर्नुभएको छ ।

    कूल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो भने समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर