• चैत्र १२, २०८१ मंगलबार
    25 Mar, 2025, Tuesday

    सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश’


    २०८१ माघ २८, सोमबार
    सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश’

    २०८१ माघ २८, सोमबार

    कैलाली, २८ माघः गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताउनुभएको छ । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताउनुभयो ।

    अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उहाँको भनाइ थियो । उहाँले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन ।”

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर