• माघ २९, २०८१ मंगलबार
    11 Feb, 2025, Tuesday

    संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक


    २०८१ पुष २७, शनिबार
    संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक

    २०८१ पुष २७, शनिबार

    काठमाडौँ, २७ पुस ः नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ ।

    गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आउनुभएको थियो ।

    प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर