• भाद्र २९, २०८२ आइतबार
    14 Sep, 2025, Sunday

    प्रधानसेनापति शर्माको औपचारिक बिदाइ


    २०८१ भाद्र १९, बुधबार
    प्रधानसेनापति शर्माको औपचारिक बिदाइ

    २०८१ भाद्र १९, बुधबार

    काठमाडाैंः प्रधानसेनापति प्रभुराम शर्मा तीन वर्षे कार्यकाल पूरा गरी यही भदौ २४ बाट अवकाश हुँदै छन् । उनले नेपाली सेनामा करिब ४२ वर्ष सेवा गरेका छन् । शर्मालाई सम्मानका साथ बुधबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक विशेष समारोहबीच बिदाइ गरिएको छ।

    कार्यक्रममा कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढंगबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताए ।

    नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन उनले देखाएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने उनले बताए ।

    प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सक्कलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए ।

    उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा कृतज्ञता समेत व्यक्त गरे । उक्त अवसरमा कामुप्रधानसेनापति सिग्देलले सम्झनास्वरूप शर्मालाई उपहार प्रदान गरे।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर