• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड


    २०८० फागुण २१, सोमबार

    २०८० फागुण २१, सोमबार

    काठमाण्डौः : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

    वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उहाँले बताउनुभयो ।

    विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताउनुभयो । यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताउनुभयो । उहाँले, प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “महिलाहरु आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेकाले अब त्यो अवस्थालाई चिर्दै आफ्ना हकअधिकार प्राप्तिमा निरन्तर लागिपर्ने बताउनुभयो ।  तीन तहका सरकारमा महिलालाई नीति निर्माणमा समानरूपमा  सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर