• वैशाख २२, २०८१ शनिबार
    04 May, 2024, Saturday

    ‘जनयुद्ध दिवस’मा अजिरकाेट गाउँपालिकाले दियाे सार्वजनिक विदा


    २०८० माघ २८, आइतबार

    २०८० माघ २८, आइतबार

    काठमाण्डौः अजिरकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

    सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर