• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु


    २०८० पुष १, आइतबार

    २०८० पुष १, आइतबार

    काठमाण्डौः रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।

    रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिनअघि मात्र पाएका छन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।

    भरतका दाजु नाता पर्ने बिर्ख शाहले २६ नोभेम्बर (मंसिर १० गते) नै मृत्यु भएको खबर हालै पाएको बताए । भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको बिर्खको भनाइ छ ।

    ‘भाइको २६ नोभेम्बरमा युद्धमा गोली लागेर मृत्यु भइसकेको रहेछ । उनीसँगै कार्यरत महेन्द्रनगरका थापाजीले मृत्यु भएको कुरा म्यासेज गरेर आफ्नो श्रीमतीलाई भनेका रहेछन्’, बिर्खले भने, ‘तर उहाँले हामीलाई खबर गर्न सक्नुभएन । ढिलो गरी थाहा पायौं ।’

    गत ३० साउनमा संयुक्त अरब इमिरेट्सको दुबई गएका भरत शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका थिए । मृतक शाहको कुशको शवको प्रतिमा बनाएर आइतबार हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको दाजु नाता पर्ने बिर्खले बताए ।

    भरतका श्रीमती, नाबालक छोरा र छोरी छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर