• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशमा के छ (पूर्णपाठ)


    २०८० मंसिर २८, बिहिबार

    २०८० मंसिर २८, बिहिबार

    काठमाण्डौं – उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको सुनुवाइले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो । खाँणलाई थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

    यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाँणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

    पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुई जना न्यायाधीशको राय बाझिएको थियो ।

    उच्च अदालत पाटनले गत १५ मंसीरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाणको हकमा मात्रै दुई न्यायाधीशविच राय बाझिएको थियो ।

    नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।

    आदेशको पूर्णपाठ:

       

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर