• वैशाख २२, २०८१ शनिबार
    04 May, 2024, Saturday

    सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो


    २०८० मंसिर १७, आइतबार

    २०८० मंसिर १७, आइतबार

    काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको भाउ आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो ।

    शुक्रबार ३ सय रुपैयाँ घटेर १ लाख १९ हजार रुपैयाँमा झरेको सुन आइतबार भने एकै दिन १८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघको भनाइ छ ।

    चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आइतबार प्रतितोला १५४५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य ५ रुपैयाँ बढी हो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर