• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका


    २०८० भाद्र १९, मंगलबार

    २०८० भाद्र १९, मंगलबार

    काठमाण्डौः कुमारी बैंकको ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (भदौ १९ गते) अन्तिम दिन हो

    आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

    यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर