• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    शङ्कास्पद वस्तु भेटिएसँगै बन्द भएकाे आँबुखैरेनी–गोरखा सडक सुचारु


    २०८० भाद्र १६, शनिबार

    २०८० भाद्र १६, शनिबार

    काठमाण्डौंः गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।

    नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएकाे छ ।

    आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएकाे थियाे । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे थियाे ।

    गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको उक्त कुकरमा केही बारुद र सिसा रहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए।

    उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गरेको एसपी श्रेष्ठले बताए। ‘कुकर बम’सँगै हँसिया हथौडा अंकित झण्डा पनि राखिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए।

    बम डिस्पोज गरेसँगै बिहान ५ बजेदेखि अवरुद्ध रहेको गोरखा-आँबुखैरेनी सडक सुचारु भएको छ।

    एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो। राष्ट्रिय स्वाधिनताको रक्षा र दलाल संसदीय व्यवस्थालाई खारेज गर्नको निम्ति भन्दै माओवादीले आज नेपाल बन्दको घोषणा गर‍ेको हो।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर