• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु


    २०८० भाद्र ८, शुक्रबार

    २०८० भाद्र ८, शुक्रबार

    काठमाण्डौः रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् ।

    रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

    बुधबार राति रुसको तेवेर शहरमा विमान दुर्घटना हुँदा वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनसहित विमानमा सवार १० जनाकै मृत्यु भएको हो । यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्नेबारे एकिन विवरण आई नसकेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

    वागनर भाडाका सैनिकहरूको समूह हो । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । यद्यपि युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरूलाई पर्याप्त हतियार नदिएको भन्दै वागनर समूह असन्तुष्ट थियो ।

    -एजेन्सी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर