• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्वारा दु:ख व्यक्त


    २०८० भाद्र ६, बुधबार

    २०८० भाद्र ६, बुधबार

    काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशूली बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा आठ यात्रुको निधन भएको घटनाप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका हुन् ।

    उनले बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन् ।

    साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासनलगायत सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर