• श्रावण १२, २०८१ शनिबार
    27 Jul, 2024, Saturday

    अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थम्सनबीच अर्थमन्त्रालयमा भेटवार्ता


    २०८० श्रावण २२, सोमबार

    २०८० श्रावण २२, सोमबार

    काठमाडौंः अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेटवार्ता भएको छ । राजदूत थम्सन अर्थमन्त्री महतलाई भेट्न सोमबार बिहान अर्थमन्त्रालयमा पुगेका हुन् ।

    अमेरिकी कुटनीतिज्ञहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर नेपाल सरकारका मन्त्रीहरुलाई भेट्ने क्रमलाई बढवा दिइरहेका छन् । उनीहरुकोबीच छलफल जारी रहेको छ । गत बिहीबार बालुवाटार पुगेर थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

    एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ । २०७८ साल फागुन १५ गते हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर