• जेठ ८, २०८१ मंगलबार
    21 May, 2024, Tuesday

    नमोबुद्धले ल्यायो ७२ करोड ७५ लाखको बजेट


    २०८० असार १३, बुधबार

    २०८० असार १३, बुधबार

    नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।

    आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले  आर्थिक बर्ष २०८०/८१  को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय  ९७  र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

    बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

    न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को वार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको नगर सभाका सचिव समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर