• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    बाल सहभागितामा जोड दिँदै नमोबुद्ध नगरपालिका


    २०८० जेठ २२, सोमबार

    २०८० जेठ २२, सोमबार

    काभ्रेको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को योजना तर्जुमा गर्न बाल भेलाको आयोजना गरेको छ। बालमैत्री नगर घोषणा तयारीमा जुटेको नगरले बाल सहभागितामा योजना तर्जुमा गर्न विद्यालयका बालबालिका भेला गरेको हो।

    कार्यक्रममा ११ माध्यमिक विद्यालय र ४ आधारभूत विद्यालयका बाल क्लवका पदाधिकारी र प्रतिनिधिको सहभागी भए।

    भेलामा सहभागी बालबालिकाले विभिन्न भेलामा छलफल गरेर बालमैत्री योजना, बजेट, कार्यक्रम तथा संरचनाबारे छलफल गरी योजना प्रस्ताव गरेका छन्। भेलामा बाल अधिकारको क्षेत्रमा कार्यरत कृष्ण घिमिरेले सहजीकरण गरे।

    सो अवसरमा मेयर कुन्साङ लामाले नेतृत्व र व्यक्तित्व विकास गर्दै बालबालिकालाई मुलुकाको नेतृत्व गर्नसक्ने क्षमता बनाउनुपर्ने जनाए। बालमैत्री अभियानबारे घर, परिवार, टोल, छिमेक, विद्यालय र समुदायमा सचेत गराउन बालबालिकालाई अनुरोध गर्दै अभियान सफल बनाउन नगराले उपयुक्त कार्यक्रमसहित बजेट विनियोजन गर्ने उल्लेख गरे।

    उपमेयर रत्न लामाले बालमैत्री नगर बनाउन नमोबुद्धले जमर्को गरेकोले बालबालिकाका योजना आगामी बजेटमा समेटिने प्रतिबद्धता व्यक्त गरे।

    समुदायस्तरमा पनि बालसमूह गठन गर्नुपर्नेमा जोड दिँदै विभिन्न खाले प्रशिक्षण पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

    बजेट विनियोजनको लागि आफूहरू प्रतिबद्ध रहेको नगर प्रवक्तासमेत रहेका वडा ६ का अध्यक्ष टीका केसीले जानकारी दिए।

    बाल अधिकारको क्षेत्रमा कार्यरत, सुनवल बाल क्लव सञ्जालका पूर्वअध्यक्ष कृष्ण घिमिरेले बालमैत्री नगर घोषणाका लागि नमोबुद्धका जनप्रतिनिधिले देखाएको तदारुकता प्रशंसनीय भएको उल्लेख गरे।

    बालमैत्री नगर अभियानअन्तर्गत विभिन्न गतिविधीलाई तीव्रता दिएको नगरले जनाएको छ। यस्तै सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन्।

    नगरपालिकाले हालै ४० सामुदायिक विद्यालय र छ संस्थागत विद्यालयमा बालमैत्री सूचकको अनुगमनसमेत गरेको छ। यसैगरी बालमैत्री नगरका लागि सामुदायिक विद्यालय, जनप्रतिनिधि, बालमैत्री शिक्षक, बाल क्लब सञ्जाल, नगरका कर्मचारी तथा वडासचिवलाई अभिमुखीकरण गरिएको छ।

    बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागितासम्बन्धी ५१ सूचक पूरा गरेको हुनुपर्ने प्रावधान छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर