• जेठ ८, २०८१ मंगलबार
    21 May, 2024, Tuesday

    सांसद हरि ढकालको नेतृत्वमा गभर्नर भेट्न पुगे लगानीकर्ता


    २०८० असार ४, सोमबार

    २०८० असार ४, सोमबार

    काठमाडौः सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव दिएको हो ।

    उनीहरुले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनरविचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् ।

    बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कमगर्ने लगायतका माग राखेका छन् । केन्द्रीय बैंकको प्रावधानअनुसार चालु आर्थिक वर्षको सकिएको एक साताभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार अहिले केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको लागि सरोकारवालासँग सुझाव मागेको छ ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर