• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    सशस्त्रका निरीक्षकसहित तीन जना निलम्बित


    २०८० असार १, शुक्रबार

    २०८० असार १, शुक्रबार


    काठमाडौंः झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् ।

    सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    निरीक्षक राईलाई गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

    तपाइको प्रतिक्रिया राख्नुहोस्





    Source link

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर