• वैशाख २६, २०८१ बुधबार
    08 May, 2024, Wednesday

    भोकै बस्दा किन पेट कराउँछ ?


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    कहिलेकाहिँ पेट कराएको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खालीपेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ ।

    मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर किन कराउँछ पेट ?

    पेटले नियमित रुपमा हामीले खाएको खानालाई पचाउने काम गर्दछ । खाना पचाउन पेटलाई औसतमा ३/४ घण्टा समय लाग्दछ ।

    कतिपय अवस्थामा खानाको परीकारले यो समय हेरफेर हुनसक्छ । यस्तोमा हामीले धेरैबेरसम्म खाना नखादाँ पेट खाली भएको हुन्छ ।

    जसका कारण खाना पचाउन पेट खुम्चिने गर्दछ । तर खाली पेट भएको हुनाले केवल ग्याँस मात्र भेटिन्छ । र खाली पेटमा ग्याँस र पेटबाट निस्किएका पाचन रसबीच घर्षणले आवाज आउँछ । यसैलाई हामी पेट कराएको भन्ने गर्दछौ ।

    तर भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन । भोक लाग्नुको अर्थ हो, शरीरले आवश्यक पोषण माग्नु । साथै भोकलाई नियन्त्रण गर्ने भाग हाम्रो मस्तिष्कमा रहेको हुन्छ ।

    यस्तोमा हाम्रो शरीरमा पोषण कम हुने बित्तिकै पेट र आन्द्रामा विशेष संकेत पुग्दछ र हामीलाई भोक लाग्न थाल्छ ।

    पेट कराएको बेला पेट र आन्द्रा निकै सक्रिय हुन्छ । यस्तो बेलामा जे खाए पनि हतारहतार पचाउने कोसिस गर्दछन् । अर्थात पेट र आन्द्रा आफ्नो काममा सक्रिय हुन थाल्दछन् ।

    यस्तो बेला खाना पूर्ण रुपमा नपच्न सक्छ । तसर्थ लामो समय भोको रहेपछि शुरुमा केहि स्वास्थ्य खानेकुरा खानु उपयुक्त हुन्छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर