• वैशाख २६, २०८१ बुधबार
    08 May, 2024, Wednesday

    गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    काठमाडौँ – कोरोना भाइरसको महामारीले कार्यालय बन्द भएपछि घरबाटै काम गर्दै आएका गुगलका कर्मचारीले सन् २०२२ को जुनसम्म घरबाटै काम गर्न पाउने भएका छन् ।

    आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको अमेरिकी प्रविधी कम्पनी गुगलले आफ्ना केही कर्मचारीलाई सन् २०२१ को जुनसम्म घरबाटै काम गर्न दिने भएको हो ।

    कम्पनीका प्रमुख सुन्दर पिचाईले कार्यालय आउन आवश्यक नभएका तर, घरबाटै काम गर्न मिल्नेका हकमा मात्रै यस्तो निर्णय भएको जनाएका छन् ।

    गुगलले यसअघि मे महिनामा यही जुनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय फेरि खोल्न सुरू गर्ने बताएको थियो ।

    यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर