• वैशाख २३, २०८१ आइतबार
    05 May, 2024, Sunday

    कवि कृष्ण जोशीको निधन


    २०७९ मंसिर १३, मंगलबार

    २०७९ मंसिर १३, मंगलबार

    गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका स्रष्टा कृष्ण जोशीको ८३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।

    कवि जोशीका निकटस्थ कवि प्रद्युम्न जोशीका अनुसार सोमबार बिहान मात्रै स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौं मोडेल अस्पतालमा उपचारार्थ लगिएका जोशीको मध्यरातमा निधन भएको हो ।

    उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

    भोजपुरमा जन्मिएका कवि जोशी ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास(२०३४) लेखनबाट साहित्यिक जगतमा चिनिन थालेका थिए । उनका ‘विसङ्गत स्वरहरु’, ‘पोखरीभित्रको शताब्दी’, ‘आगो समुन्द्र : पानी समुन्द्र’, ‘चित्रदंश’, ‘ज्यामीपत्नीको घोषणा’ लगायतका कविता संग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्यास समेत प्रकाशित छन् ।

    वासु शशी साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष जोशी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मान आदिबाट सम्मानित छन् । कवि जोशीका श्रीमती र ४ छोरा रहेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर