• कार्तिक २६, २०८२ बुधबार
    12 Nov, 2025, Wednesday

    नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा. शर्मा नियुक्त


    २०८२ कार्तिक २५, मंगलबार
    नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा. शर्मा नियुक्त

    २०८२ कार्तिक २५, मंगलबार

    काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ क को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका १८ का प्राडा शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्राध्यापक डा. शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गर्नुभएको थियो । यसैगरी, प्रधानमन्त्री कार्कीले सेवा आयोगको सदस्य पदमा फुङलिङ –३ ताप्लेजुङका प्राध्यापक डा. रमेश घिमिरेलाई नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर