• कार्तिक १३, २०८२ बिहिबार
    30 Oct, 2025, Thursday

    अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा


    २०८२ कार्तिक १३, बिहिबार
    अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

    २०८२ कार्तिक १३, बिहिबार

    तुलसीपुर (दाङ), १३ कात्तिकः दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

    रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिनुभयो । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

    शारीरिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताउनुभयो । “विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित अध्यापन हुने गर्छ, तर अपाङ्गमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उहाँले भन्नुभयो ।

    बुधबार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताउनुभयो । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताउनुभयो ।

    उक्त विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिकालाई छात्रवासमा राखेर अध्यापन गर्ने गरिएको छ । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर