• कार्तिक ८, २०८२ शनिबार
    25 Oct, 2025, Saturday

    पञ्चकन्या माविका प्रअ ठाकुरजङ पाण्डे शिक्षा समिति सदस्यमा मनोनीत


    २०८२ श्रावण १३, मंगलबार
    पञ्चकन्या माविका प्रअ ठाकुरजङ पाण्डे शिक्षा समिति सदस्यमा मनोनीत

    २०८२ श्रावण १३, मंगलबार

    नुवाकोट, साउन १३ गते । बेलकाेटगढी नगरपालिका अन्तर्गत शिक्षा क्षेत्रको समन्वय तथा नीतिनिर्माणमा सक्रिय सहभागिता सुनिश्चित गर्न साउन १३ गते बसेको शिक्षा समिति बैठकले नयाँ निर्णय गरेको छ।

    बैठकले बेलकाेटगढी नगरपालिका–स्थित पंचकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुरजङ पाण्डेलाई शिक्षक प्रतिनिधिको हैसियतमा शिक्षा समितिमा मनोनीत गरेको हो ।

    शिक्षा समितिको यो निर्णयले स्थानीय तहको शैक्षिक नेतृत्वमा शिक्षकहरूको भूमिका थप प्रभावकारी हुने विश्वास लिइएको छ। मनोनीत भएका पाण्डे अनुभवी शिक्षक एवं व्यवस्थापनमा पनि सक्रिय योगदान दिँदै आएका छन्।

    नगरपालिकाको शिक्षा शाखाले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याउने जनाएको छ।

    May be an image of 2 people

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर